विप्लवसहित पाँच दलले आज उपत्यकामा प्रदर्शन गर्दै « Khabarhub

विप्लवसहित पाँच दलले आज उपत्यकामा प्रदर्शन गर्दै


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको विरोधमा शुक्रबार पाँच दलले राजधानीमा प्रदर्शन गर्दैछन् ।

संसद बाहिर रहेका साना ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हुन् । संयुक्त आन्दोलनको घोषणा गरेका दलले पहिलो कार्यक्रम प्रदर्शनको तयारी गरेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी समाजवादीले संयुक्त रूपमा प्रदर्शनको तयारी गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा शुक्रबारदेखि चैत ६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ५० बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो