नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, कुन पदमा कति योग्यता आवश्यक ? « Khabarhub

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, कुन पदमा कति योग्यता आवश्यक ?


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो।

आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ ।

बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए-एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए-बीसीआइकम-बीआइटी-बीआइएम-बीएस्सी हुनुपर्नेछ ।

बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१-३१ जनाका लागि कोटा छुट्याएको छ ।

बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २-२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ । सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ ।

बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ । यसका लागि व्यवस्थापनमा प्रमाणपत्र- प्लस टु उत्तीर्ण हुनुपर्नेछ ।

योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ८ : २७ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको