नारायणकाजी श्रेष्ठले लिखित रुपमै फरक मत राख्ने « Khabarhub

नारायणकाजी श्रेष्ठले लिखित रुपमै फरक मत राख्ने


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

राष्ट्रियसभा गृहमा बिहान ११ बजे सुरु हुने केन्द्रीय कमिटी बैठकमा नेता नारायणकाजी श्रेष्ठले लिखित रुपमा फरक मत राख्ने भएका छन् ।

गत १३-१९ पुसमा सम्पन्न पार्टीको महाधिवेशन र ४ फागुनको संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन पार्टी पक्षमा उभिएको भन्दै नेता श्रेष्ठले आपत्ति जनाउँदै आएका छन्।

‘नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’

उनका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनिभुत छलफल हुनुपर्ने माग श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राखेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : १६ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको