एमसीसीको विरोधमा साना ६ दलको जनसभा आज खुलामञ्चमा « Khabarhub

एमसीसीको विरोधमा साना ६ दलको जनसभा आज खुलामञ्चमा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज (शुक्रबार) राजधानीको खुलामञ्चमा जनसभा गर्दैछन् । बिहान ११ बजे र्‍याली सुरु हुने र १२ बजे सभा हुने जनाइएको छ ।

गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्‍याली निकालेर खुलामञ्चमा जनसभा आयोजना गर्न लागेका हुन्।

नेकपा,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध छन् ।

यो मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तर्क्रिया गर्दैछ भने २४ फागुनमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने छ । २६ फागुनमा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ भने २८ फागुनमा युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : ०३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल