पश्चिमा मुलुकले रुसी धनाढ्यका आलिसान निजी पानीजहाज नियन्त्रणमा लिन थाले, केही भागेर मालदिभ्सतिर « Khabarhub

पश्चिमा मुलुकले रुसी धनाढ्यका आलिसान निजी पानीजहाज नियन्त्रणमा लिन थाले, केही भागेर मालदिभ्सतिर


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ– पश्चिमा मुलुकहरूले रुसी धनाढ्यहरुको आलिशान निजी पानीजहाज धमाधम नियन्त्रणमा लिन थालेका छन् । फ्रान्सले रुसी तेल कम्पनी रोज्नेफ्टका मालिक इगोर शेइनको पानीजहाज फ्रान्सको बन्दरगाह शहर मार्सेको तटबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि जर्मनीले पनि अर्का रुसी धनाढ्यको पानीजहाज नियन्त्रणमा लिएको जनाएको थियो । फ्रान्सेली अधिकारीहरुले बुधबार शेइनको ८८ मिटर लामो पानीजहाजलाई नियन्त्रणमा लिएका हुन् । ‘अमाोर भेरो’ अर्थात् ‘चोखो माया’ नाम गरेको यो पानीजहाज फ्रान्सेली जलक्षेत्रबाट भाग्नै लागेका बेला नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि जर्मन अधिकारीहरुले पनि हामबर्गको बन्दरगाहबाट अर्का रुसी धनाढ्य धातु उद्यमी अलिशेर उस्मानोभको ‘दिलबर’ नाम गरेको पानीजहाजलाई नियन्त्रणमा लिएको जनाएका थिए । ६० करोड अमेरिकी डलर पर्ने यो पानीजहाज मोटरबाट  चल्ने संसारकै सबैभन्दा ठूलो पानीजहाज रहेको अमेरिकी आर्थिक अखबार फोर्ब्सले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरुले रुसी धनाढ्यलाई एकपछि अर्को गरी नाकाबन्दी र प्रतिबन्ध लगाउन थालेपछि अहिले रुसी धनाढ्यहरूलाई आफ्नो पानीजहाजलाई मालदिभ्सतिर भगाउन खोजिरहेको जनाइएको छ । बीबीसीका अनुसार ५ रुसी धनाढ्यका पानीजहाज अहिले मालदिभ्स लागेका छन् ।

मालदिभ्ससँग अमेरिकाको सुपुर्दगी सन्धि नभएका कारण रुसी धनाढ्यहरुले आफ्ना पानीजहाज मालदिभ्सतिर भगाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : २४ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार