युक्रेनको बन्दरगाहमा बंगलादेशी पानीजहाजमा आक्रमण, एकको मृत्यु « Khabarhub

 युक्रेनको बन्दरगाहमा बंगलादेशी पानीजहाजमा आक्रमण, एकको मृत्यु


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— युक्रेनको तटपारी कृष्ण सागरमा बङ्गलादेशको मालवाहक पानीजहाजमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । पानीजहाजमा बम अथवा क्षेप्यास्त्रबाट आक्रमण हुँदा पानीजहाजको चालक दलका एक सदस्यको मृत्यु भएको हो । कृष्ण सागरकै तटमा रहेको ओल्भिया बन्दरगाहमा राखिएको पानीजहाजमा आक्रमण भएको जनाइएको छ ।

पानीजहाजमा रहेका अरु २८ चालक दलका सदस्य सकुशल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, युक्रेनको बन्दरगाह शहर ओदेसामा इस्टोनियाको कम्पनीद्वारा सञ्चालित अर्को पानीजहाज पनि डुबेको छ । दक्षिण प्रशान्त क्षेत्रको मुलुक मार्सल टापुको ध्वजावाहक पानीजहाजमा विस्फोट भएपछि चालक दलका दुई सदस्य सानो डुङ्गामा चढेर बच्न सफल भएको जनाइएको छ । घटनामा अरु ४ जना हराइरहेका छन् ।
पानीजहाजमा चार युक्रेनी, एक रुसी र एक बेलारुसी नागरिक रहेको पानीजहाज सञ्चालक कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता तीन वटा पानीजहाजमा क्षति पुगेको छ भने मुख्य पारवहन कम्पनीहरूले युक्रेनको तटपारी कृष्ण सागरमा पानीजहाजको सञ्चालन बन्द गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : २० बजे

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता