भरतपुर अस्पतालमा सेवा थपिए तर जनशक्ति थपिएन « Khabarhub

भरतपुर अस्पतालमा सेवा थपिए तर जनशक्ति थपिएन


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन ।

 त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताए  । उनका अनुसार यस अस्पताललाई आगामी पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति आवश्यक पर्छ । हाल अस्पतालमा सरकारको १५० शय्या बराबरको जनशक्ति मात्रै छ, जबकि अस्पतालमा ६०० शय्या सञ्चालन गरिएको छ ।

सरकारले पाँच सय शय्याको सङ्घीय अस्पताल घोषणा गरिसके पनि यसका लागि आवश्यक जनशक्ति नहुँदा दिनुपर्ने सेवा दिन कठिन भएको गुनासो गर्दै उनले भने , “ओएनएम सर्भेमा सुरुमा ७०० र थप गर्दै लगेर पाँच वर्षभित्र एक हजार ३०० जनशक्ति पुर्‍याउनुपर्ने  उल्लेख छ ।”

 विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले अन्य अस्पतालसँगै यस अस्पताललाई पनि अतिविशिष्ट सेवासहितको केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । हाल अस्पतालमा ७५० कर्मचारी कार्यरत रहेकामा १७५ दरबन्दी मात्र सरकारी हो । एकसय २० जना करार सम्झौतामा र बाँकी अस्पतालको विकास समितिबाट करार तथा दैनिक ज्यालादारीमा कार्यरत छन् । बयानब्बे विशेषज्ञसहित १२० चिकित्सक छन् । एकसय पचास दरबन्दी त जिल्ला अस्पताल हुँदाको अवस्थाको रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बताउछन् ।

 अस्पतालमा शय्या अनुसारको दरबन्दी नहुँदा सेवाप्रवाहमा असर परेको छ । सरकारले भौतिक पूर्वाधार र अन्य कुरामा चासो दिए पनि जनशक्ति थप गर्न नसकेको उनको गुनासो छ । हाल अस्पतालमा सरकारी ३०० शैया र अस्पताल विकास समितिको ३०० गरी ६०० शैया सञ्चालनमा छ । अस्पतालमा ३०० शैया हुँदाको दरबन्दीसमेत हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

कर्मचारी थप्नुपर्ने विषयमा पटक पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलको भनाइ छ । अस्पतालमा मेडिसिन, सर्जरी, गाइनो, जेरियाट्रिक, पेडियाट्रिक, अर्थोपेडिक्स, इएनटी, स्किन, रेडियोलोजी, प्याथोलोजी, साइकाइट्री, न्युरो सर्जरी, सिटिभिएस, डेन्टल, कार्डियोलोजी, आँखालगायत विभाग सञ्चालनमा छन् ।

अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्गमा बिरामी आउने गरेका छन् । यहाँ १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेल बताउछन्  । विसं २०१३ मा १५ शय्याको हेल्थ सेन्टरका रुपमा स्थापना भएको यो अस्पताल ‘महेन्द्र आदर्श चिकित्सालय’ को नाममा २०२० पुस १४ गते स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : १५ बजे

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ