भारतीय विद्यार्थी ओसार्न रुसद्वारा १३० बस तयार | Khabarhub Khabarhub

भारतीय विद्यार्थी ओसार्न रुसद्वारा १३० बस तयार


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय तथा अन्य विदेशी विद्यार्थीलाई स्वदेश फिर्ता गर्न रुसले १३० वटा बसको व्यवस्था मिलाएको छ । १३० वटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले जनाएका हुन् ।

‘भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभकासुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा छन्’ मिजिन्त्सेभलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

सुरक्षा जाँच चौकीमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । ‘उनीहरूलाई तातो खाना पनि उपलब्ध गराइनेछ’ रुसी समाचार एजेन्सी तासले जनाएको छ ।  त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।

विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि  सैन्य आक्रमण शुरु भएको घोषणा गरेयता युक्रेनमा भिडन्तका समाचारहरु आइरहेका छन् । यही क्रममा रुसी फौजको गोलाबारीबाट केही दिनअघि मात्रै पूर्वी युक्रेनको खार्किब शहरमा एक भारतीय नागरिकले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ५० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित