नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको फराकिलो जित « Khabarhub

नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको फराकिलो जित


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टलाई ५-१ गोल अन्तरले हराएको छ।

आइतबार राति भएको खेलमा पीएसजीका लागि नेयमार र केलियन एमबाप्पेले दुई-दुई गोल गरे । लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।

नेयमारले खेलको १२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

एमबाप्पेले २८औं र ६७औं मिनेटमा गोल गर्दा मेस्सीले ७३औं मिनेटमा गोल गरेका थिए।

खेलको ५६औं मिनेटमा लोरियन्टका टेरेम मोफीले एक गोल गरेका थिए ।

यस जितसँगै ३० खेलमा ६८ अंक जोडेको पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।

लोरियन्ट २८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ०६ बजे

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्