राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्दै « Khabarhub

राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्दै


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज काष्ठमण्डपको उद्घाटन गर्दै छिन्। पुनर्निर्माण सुरु भएको ३ वर्ष ८ महिनापछि निर्माण सकिएको हो। दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि पुनर्निर्माण सुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको पुनर्निर्माण समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरू प्रयोग गरिएको छ। अब एउटै काठले बनेको भन्ने किंवदन्ती हटेको छ । पुरातात्त्विक महत्त्वको काष्ठमण्डप काठै काठले बनेको थियो ।

भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको सो सम्पदाको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्त्व विभागको टोलीले गरेको पुरातात्त्विक अनुसन्धानले पनि औँल्याएको थियो।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ०९ बजे

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको