जुम्लामा विद्यार्थी नै जुटे बजार सरसफाइमा « Khabarhub

जुम्लामा विद्यार्थी नै जुटे बजार सरसफाइमा


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फोहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन्।

मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बोडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् ।

सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने प्राविधिक सहयोग खानेपानी तथा उर्जा विकास शाखाले गरेको छ ।

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने महत र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा पनि सरसफाइमा साथ दिन सडकमा निस्किएका थिए ।

चन्दननाथ युवा क्लबका अध्यक्ष मनोज बुढाथोकी मगरले हरेक शनिबार सरसफाइ अभियान थालिएको बताए । खानेपानी तथा सिंचाइ कार्यालयले ८० वटा डस्टबिन उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ४५ बजे

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय