लागूऔषधसहित तीन युवा पक्राउ « Khabarhub

लागूऔषधसहित तीन युवा पक्राउ


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – शिशुवास्थित इलाका प्रहरी कार्यालय र गगनगौडास्थित वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छ सय एम्पुल लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३० पावरहाउस नजिक सवारी साधन जाँच गर्ने क्रममा तनहुँबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने २६ वर्षीय अमित शर्मा, वडा नं १३ बस्ने २६ वर्षीय गोपी लोनिया र सोही वडाका २२ वर्षीय प्रदीप बानियाँ पक्राउ परेका हुन् ।

उनीहरुका साथबाट डाइजापाम, फेनेरागन र नुर्फिन ६०० एम्पुल र एक थान मोबाइल फेला परेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदातलबाट लागूऔषधसम्बन्धी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ४४ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र