भूमध्य सागरमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ९० जनाको मृत्यु | Khabarhub Khabarhub

भूमध्य सागरमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ९० जनाको मृत्यु


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आप्रवासी बोकेर लिबियाबाट युरोप तर्फ लागेको डुङ्गा भूमध्य सागरमा डुब्दा ९० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यसबारे जानकारी दिएका हुन् ।

‘अर्को भूमध्य सागरीय त्रासदीमा ९० भन्दा बढीको मृत्यु भएको छ । युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक र प्रभावकारी रूपमा आमन्त्रित गर्ने क्षमता प्रमाणित गरेको छ। यसले अब ढोका ढकढकाउने, संकटमा परेका अन्य शरणार्थी र आप्रवासीहरूलाई यो कसरी लागू गर्ने भनेर तुरुन्तै विचार गर्नुपर्छ’ ग्रान्डीको ट्विटमा उल्लेख छ ।

आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले ‘धेरै दिन अघि’ लिबिया छोडेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार व्यावसायिक ट्याङ्कर एलेग्रिया १ ले ४ जना जीवितहरूलाई उद्धार गरेको छ ।

‘हामीलाई एलेग्रिया १ सँगको हाम्रो प्रारम्भिक सम्पर्कबाट थाहा भएको छ कि बाँचेकाहरू कम्तिमा चार दिनसम्म डुंगामै थिए । उक्त डुङ्गामा करिब १०० जना सवार रहेका थिए’ अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था मिद्सँ सँ फ्रन्टिये एमएसएफले ट्विटरमार्फत् जनाएको छ ।

उक्त सहायता समूहले रोम र माल्टाका समन्वय केन्द्रहरूलाई जीवित आप्रवासीहरूका लागि सुरक्षित स्थान तोक्न समेत आह्वान गरेको छ ।
हालैका वर्षहरूमा अफ्रिका र मध्य पूर्वमा गरिबी र युद्धबाट भागेर युरोप प्रवेश गर्नका लागि भूमध्यसागर पार गर्ने प्रयास गर्दा सयौँले ज्यान गुमाउँदै आएका छन् ।

मानवअधिकारवादी अर्को संस्था युरो–मेडिटेरेनियन ह्युमन राइट्स मनिटरले यस वर्षको शुरुमा आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२० मा १ हजार ४०१ आप्रवासीको तुलनामा २०२१ मा लगभग १ हजार ८६४ आप्रवासीको मृत्यु वा बेपत्ता भएको बताएको थियो । 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ०५ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण