नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य « Khabarhub

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीसमक्ष १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन जोडेपछि पपुवा न्युगिनीले १६९ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । ३८ बलको सामना गरेका उनले ५ चौका प्रशार गरे । यससँगै उनी नेपालका लागि टि–ट्वान्टी अन्तर्राष्ट्रियमा १ हजार रन हान्ने प्रथम खेलाडी समेत बनेका छन् ।

त्यस्तै नेपालका लागि करण केसीले ३३, आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे । पपुवा न्युगिनीका लागि सेमो कामेआले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : १२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको