जाजरकोटमा चार दलबीच गठबन्धन गर्ने सहमति « Khabarhub

जाजरकोटमा चार दलबीच गठबन्धन गर्ने सहमति


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहको अध्यक्षतामा बसेको बैठकले सत्तारुढ दलहरूले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिएका छन् ।

गठबन्धनको काम–कारबाहीलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीन जनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने, पालिकास्तरमा सत्ता गठबन्धनको मर्मविपरीत गतिविधि सञ्चालन तथा अभिव्यक्ति नदिन निर्देशन दिने र पालिकास्तरमा पनि चुनावी तालमेलको संयन्त्र निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ३५ बजे

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको