नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज | Khabarhub Khabarhub

नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्‍याउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए । यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर हो । यसअघि उनले चार विकेट लिँदा २१ रन खर्चिएका थिए ।

यसबाहेक करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । करणले तीन ओभरमा २७ रन खर्चिंदा सन्दीपले चार ओभरमा २५ रन दिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित पीएनजीविरुद्ध १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे । नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट भएका थिए ।

यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे । पीएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पारे ।

शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी थिए । टी-२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो । उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ०३ बजे

राज्यका निकायमा कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्‍यो : मुख्यमन्त्री बानियाँ

दोलखा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा

पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

काठमाडौं– लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ संरचनाबाट विद्युत् उपभोग

जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई 

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री

स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूबीच आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको