ठूला दलका बाकस खाली गरेर जनता बाठो भएको देखाउनुपर्ने समय आएको छः लिङदेन « Khabarhub

ठूला दलका बाकस खाली गरेर जनता बाठो भएको देखाउनुपर्ने समय आएको छः लिङदेन


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भए पनि विचार र व्यवहारले अलग नभएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले वैदेशिक हस्तक्षेप भित्र्याउनमा ३ दल लागेको बताउँदै हिंसामा विश्वास नगर्ने राप्रपाले यिनीहरूको बाकस खाली गरेर जनता बाठो भएको देखाउनुपर्ने ठिक समय आएको बताए ।

पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नुपर्ने पनि उनले बताए । उनले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साढेको अगाडि दूधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।

ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।

सामान्य आँखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए ।  ‘गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनुपर्ने अवस्था छ’ उनले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ४३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र