सबै दललाई सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको आह्वान « Khabarhub

सबै दललाई सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको आह्वान


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् । राष्ट्रिय संकटको समाधान खोज्नका लागि एकजुट भएर काम गर्न भन्दै उनले मुलुकका सबै दललाई सरकारमा सहभागी हुन आमन्त्रण गरेका हुन् ।

आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान संकट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र यसलाई देशको लोकतान्त्रिक प्रक्रियाभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

‘एसियाको एक अग्रणी लोकतन्त्रका भएका नाताले यो संकटलाई लोकतन्त्रको ढाँचामा नै सम्बोधन गर्न आवश्यक छ,’ पत्रमा भनिएको छ, ‘नागरिक र भावी पुस्ताको हितमा राष्ट्रिय हितमा मिलेर काम गर्नुपर्छ।’

श्रीलंका हाल खाद्यान्न र इन्धन अभावको साथ गम्भीर आर्थिक संकटसँग लडिरहेको छ। कोभिड–१९ को महामारीको सुरुवातदेखि नै श्रीलंकाको अर्थतन्त्र धरापमा छ ।

नयाँ सरकार गठन गर्नका लागि सरकारमा सहभागी सबै २६ जना मन्त्रीहरूले मार्ग प्रशस्त गर्दै राजिनामा दिन सहमति जनाएको श्रीलंकाको अङ्ग्रेजी भाषाको पत्रिका डेली मिररले उल्लेख गरेको छ।

यसैबीच त्यहाँ शनिबार साँझ ६ बजे लगाइएको ३६ घण्टा लामो कर्फ्यू सोमबार बिहान ६ बजे हटाइएको थियो तर देश अझै पनि आपतकालीन अवस्थामा छ ।

सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब लगायतका सामाजिक मिडिया प्लेटफर्महरूको पहुँचमा रोक लगाएको थियो तर आइतबार दिउँसोबाट प्रतिबन्धलाई हटाइएको थियो ।

यसअघि शनिबार भारतले श्रीलंकालाई ४० हजार मेट्रिक टन डिजेल पठाएको थियो जसमा श्रीलंकाको विद्युत् सङ्कटलाई कम गर्ने ठानिएको थियो ।

यसबाहेक भारतले पछिल्लो ५० दिनमा श्रीलंकालाई करिब २ लाख मेट्रिक टन इन्धन आपूर्ति गरेको जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : १५ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार