श्रीलंकामा चार मन्त्री नियुक्त, प्रदर्शन कायमै « Khabarhub

श्रीलंकामा चार मन्त्री नियुक्त, प्रदर्शन कायमै


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षले चार मन्त्रीहरू नियुक्त गरेका छन् । बढ्दो आर्थिक संकट र अत्यावश्यक वस्तुको अभाव झेल्न संघर्षरत राष्ट्रपति राजापाक्षले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि उनको मन्त्रिमण्डलका सबै मन्त्रीहरुले राजीनामा दिएका थिए । राष्ट्रपतिले संसद्मा सहभागी सबै दलहरूलाई सरकारमा समावेश हुन आह्वान गरेसँगै नयाँ मन्त्रीहरु नियुक्त गरिएको हो । उनीहरूको शपथ ग्रहण पनि भइसकेको बीबीसीले जनाएको छ ।

नयाँ मन्त्रिमण्डलमा राष्ट्रपति राजापाक्षले आफ्ना भाइ तथा निवर्तमान वित्तमन्त्री बासिल राजापाक्षलाई भने समावेश नगराएको बताइएको छ । उनको स्थानमा अली साबरीलाई वित्तमन्त्री नियुक्त गरिएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा आन्दोलन र प्रदर्शन चर्किएसँगै त्यहाँ आपतकाल लागू गरिएको छ । यद्यपि यसका बावजुद प्रदर्शन भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही प्रदर्शनकारीले भने श्रीलंकाली राजनीतिमा राजापाक्ष परिवारको हालीमुहाली बन्द हुनुपर्ने समेत माग गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ५१ बजे

मेची भन्सार : ९ अर्ब ९२ करोड राजस्व असुली

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

‘युवाको आक्रोशलाई सम्मान गरौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी

सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यम वृद्धि भएको छ ।

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य