सम्मानजनक ढंगले सिट बाँडफाँट नभए मान्य हुँदैन : भट्टराई | Khabarhub Khabarhub

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए मान्य हुँदैन : भट्टराई


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । सिट बाँडफाँटमा भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने उनले बताए ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उनको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । “२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन”–उनले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने भट्टराईले बताए ।

“हाम्रो दल २०७८ सालमा बनेको हो, त्यसैले २०७४ सालको सिट संख्या हामीलाई मान्य हुँदैन”–उनले भने । आफूहरुले संविधान र व्यवस्था बचाउने उद्देश्यले गठबन्धन गरेको भन्दै पेल्न खोजिए गठबन्धन तोड्ने उनले चेतावनी दिए । “चुनामा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं”– भट्टराईले भने ।

उनले आफ्नो दल भविष्यमुखी भएर जन्मेको दावी गरे । “हामी वर्तमानमा होइन, भविष्यमा विश्वास गर्छौ, भविष्यमुखी भएर नै हाम्रो दल जन्मेको हो”–उनले भने ।

सिंहदरबारमा रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँगाउँसम्म पुगेको भन्दै भट्टराईले यसको अन्त्यका लागि पुराना पार्टीको विकल्प खोज्नुपर्ने बताए ।

भ्रष्टाचार रोक्न र संविधानको अपूर्णतालाई पूर्ण बनाउन संविधान संशोधन अपरिहार्य रहेको भट्टराईले बताए । राजनीतिक स्थिरता र सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसदको व्यवस्थामा जानुपर्नेमा भट्टराईले जोड दिए ।

पहिचानका आधारमा प्रदेशहरुको सीमांकन हुनुपर्नेमा त्यसो नभई २ नम्बर प्रदेश बाहेक अरु प्रदेशहरु पञ्चायती व्यवस्थाको विकास क्षेत्रको मोडेलमा भएकाले भारतमा जस्तै सबैको पहिचान झल्किने गरी बनाउनुपर्ने भट्टराईको भनाई छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : २५ बजे

ललितपुरमा १५ दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव

पाटन । खानेपानीमन्त्री प्रदीप यादवले आज ललितपुरको गोदावरी नगरपालिकाका नल्लु,

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा भएका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु

बग्दाद – इराकी प्रान्त किर्कुकमा आईएस लडाकू लुकेको ठाउँमा सेनाले