भारतले सन् २०२३ मा तीन गुणा धेरै गहुँ निर्यात गर्ने « Khabarhub

भारतले सन् २०२३ मा तीन गुणा धेरै गहुँ निर्यात गर्ने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता कम्पनी आइटीसीले आगामी वर्ष सन् २०२३ मा भारतले तीन गुणा बढी गहुँ निर्यात गर्ने जनाएको छ । भारतमा भारतीय खाद्य निगम एफसीआई पछि सबैभन्दा धेरै गहुँको खरिदकर्ता कम्पनी आइटीसीले सन् २०२३ मा २ करोड १० लाख टन गहुँ निर्यात गर्ने अपेक्षा गरेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि वर्ष सन् २०२१ मा भारतले २१ लाख टन गहुँ निर्यात गरेको आइटीसीको कृषि व्यवसाय विभागका विभागीय कार्यकारी रजनिकान्त राइले इकोनोमिक टाइम्सलाई जानकारी दिए । सन् २०२२ मा यो परिमाण बढेर ७० लाख टनसम्म पुगेको थियो ।

आगामी वर्ष सन् २०२३ मा यो परिमाण तीन गुणा बढेर २ करोड १० लाख टन पुग्ने राईको भनाइ छ । विश्वमा जारी भू राजनीतिक अवस्थाका कारण भारतीय गहुँका लागि अन्तर्राष्ट्रिय बजारमा ठूलो अवसर रहेको उनले बताए ।

आइटीसीले सन् २०२२ मा २० लाख टन गहुँ र गहुँबाट उत्पादित सामग्री निर्यात गरिसकेको इकोनोमिक टाइम्सले जनाएको छ ।

हाल भारतले बंगलादेश, श्रीलंका, ओमन, कतार र अरु मध्यपूर्वी मुलुकहरूमा गहुँ निर्यात गर्दै आएको छ । यद्यपि रुस र युक्रेनबीच जारी युद्धका कारण भने भारतीय गहुँ नाइजेरिया, टर्की, इजिप्ट, भियतनाम, तान्जानिया मोरक्को लगायतका मुलुकमा पनि निर्यात हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ४२ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ