सत्ता साझेदार दललाई धोका दिन मिल्दैन : बानियाँ « Khabarhub

सत्ता साझेदार दललाई धोका दिन मिल्दैन : बानियाँ


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन दललाई धोका दिन नमिल्ने बताएका छन् ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले सोमबार हेटौंडामा गरेको नगर भेलामा उनले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दललाई धोका दिन नमिल्ने बताएका हुन् ।

‘सत्ता साझेदार दलबीच गठबन्धन हुन्छ । पार्टीले गरेको निर्णयको पछि लाग्नुहोला’, उनले भने, ‘कोही कसैले पनि आफू केन्द्रित राजनीति नगरौँ । कांग्रेसले गरेको निर्णयको खिलापमा जाने अधिकार कसैलाई छैन ।’ नेता बानियाँले कांग्रेस पद्धतिमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धाको बढे पनि मिलेर जानुको विकल्प नरहेको बताए ।

प्रदेश संसदीय दल नेतासमेत रहेका बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनुपर्ने बताएका छन् ।

उनले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मत रूपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताएका छन् ।

‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोहीअनुसार अगाडि बढ्नुपर्छ ।’ उनले भने ‘गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौँ भन्नेहरू पार्टी छाडेर जाँदा हुन्छ ।’ उनले पार्टीमा सधैँ एउटै व्यक्तिले टिकट नपाउने दाबी गरे ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ०८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर