सत्ता साझेदार दललाई धोका दिन मिल्दैन : बानियाँ « Khabarhub

सत्ता साझेदार दललाई धोका दिन मिल्दैन : बानियाँ


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन दललाई धोका दिन नमिल्ने बताएका छन् ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले सोमबार हेटौंडामा गरेको नगर भेलामा उनले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दललाई धोका दिन नमिल्ने बताएका हुन् ।

‘सत्ता साझेदार दलबीच गठबन्धन हुन्छ । पार्टीले गरेको निर्णयको पछि लाग्नुहोला’, उनले भने, ‘कोही कसैले पनि आफू केन्द्रित राजनीति नगरौँ । कांग्रेसले गरेको निर्णयको खिलापमा जाने अधिकार कसैलाई छैन ।’ नेता बानियाँले कांग्रेस पद्धतिमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धाको बढे पनि मिलेर जानुको विकल्प नरहेको बताए ।

प्रदेश संसदीय दल नेतासमेत रहेका बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनुपर्ने बताएका छन् ।

उनले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मत रूपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताएका छन् ।

‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोहीअनुसार अगाडि बढ्नुपर्छ ।’ उनले भने ‘गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौँ भन्नेहरू पार्टी छाडेर जाँदा हुन्छ ।’ उनले पार्टीमा सधैँ एउटै व्यक्तिले टिकट नपाउने दाबी गरे ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ०८ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार