भक्तपुरमा पुस्तक प्रदर्शनी सुरु « Khabarhub

भक्तपुरमा पुस्तक प्रदर्शनी सुरु


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  भक्तपुरमा सोमबारदेखि तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ ।

पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन प्रदर्शनी गरिएको आयोजक आरम्भ नेपालले जनाएको छ ।

प्रदर्शनी चैत २३ गतेसम्म विविध कार्यक्रमसहित हुनेछ ।

प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले गरेका थिए । धिमेबाजाको संगीतसँगै प्रदर्शनीको उदघाटन गरिएको थियो । साथै कार्टुनिष्ट दामोदर सुवालको कार्टुन संग्रह “दामोदरका सय कार्टुन“ पुस्तक पनि त्यही अवसरमा विमोचन गरियो ।

कार्यक्रममा बिजुक्छेँले राजनीतिक अस्तव्यस्तको भण्डाफोर गर्दै व्यंग्यचित्र कार्टुनले जनताको चेतनास्तर बढाउने बताए ।

कार्यक्रमका अर्का अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले समाजका देखिएका विसंगति प्रति तिखो व्यंग्यवाण प्रहार गर्ने भएकोले कार्टुन पनि जनताको साहित्य रहेको बताए ।

पुस्तकका रचनाकार कार्टुनिष्ट दामोदर सुवालले कार्टुनले सामाजिक मर्यादाक्रम नाघ्न नहुने र नेताहरूको नकारात्मक चर्तीकला र व्यवहारले कार्टुनको जन्म हुने बताए ।

प्रदर्शनीमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले विकृति विसंगतिमाथि व्यंग गर्दै नेताहरूको व्यवहार शैलीमा परिपक्वता ल्याउन कार्टुन साहित्य महत्वपूर्ण भएको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ४५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र