भक्तपुरमा पुस्तक प्रदर्शनी सुरु « Khabarhub

भक्तपुरमा पुस्तक प्रदर्शनी सुरु


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  भक्तपुरमा सोमबारदेखि तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ ।

पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन प्रदर्शनी गरिएको आयोजक आरम्भ नेपालले जनाएको छ ।

प्रदर्शनी चैत २३ गतेसम्म विविध कार्यक्रमसहित हुनेछ ।

प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले गरेका थिए । धिमेबाजाको संगीतसँगै प्रदर्शनीको उदघाटन गरिएको थियो । साथै कार्टुनिष्ट दामोदर सुवालको कार्टुन संग्रह “दामोदरका सय कार्टुन“ पुस्तक पनि त्यही अवसरमा विमोचन गरियो ।

कार्यक्रममा बिजुक्छेँले राजनीतिक अस्तव्यस्तको भण्डाफोर गर्दै व्यंग्यचित्र कार्टुनले जनताको चेतनास्तर बढाउने बताए ।

कार्यक्रमका अर्का अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले समाजका देखिएका विसंगति प्रति तिखो व्यंग्यवाण प्रहार गर्ने भएकोले कार्टुन पनि जनताको साहित्य रहेको बताए ।

पुस्तकका रचनाकार कार्टुनिष्ट दामोदर सुवालले कार्टुनले सामाजिक मर्यादाक्रम नाघ्न नहुने र नेताहरूको नकारात्मक चर्तीकला र व्यवहारले कार्टुनको जन्म हुने बताए ।

प्रदर्शनीमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले विकृति विसंगतिमाथि व्यंग गर्दै नेताहरूको व्यवहार शैलीमा परिपक्वता ल्याउन कार्टुन साहित्य महत्वपूर्ण भएको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ४५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर