कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्ने आज अन्तिम मौका « Khabarhub

कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्ने आज अन्तिम मौका


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ।

पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकालाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारीक उम्मेदवारको पक्षमा लागेमा कारबाही हुने छैन। यद्यपि कानुनी रुपमा भने अब उम्मेदवारी फिर्ता लिन मिल्दैन्।

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकासहित कतिपय स्थानीय तहमा कांग्रेसका असन्तुष्ट उम्मेदवारले अझै आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन्।

‘वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गरी पार्टीका आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धता सहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याइ पुनर्विचार गर्न सक्ने सम्बन्धित सबैलाई निर्देशनाअनुसार जानकारी गराइन्छ,’ १९ वैशाखमा जारी विज्ञप्तिमा भनिएको थियो।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : ४० बजे

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको