स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार « Khabarhub

स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् ।

२० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ । 

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्याजस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ । 

झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानून अनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : २७ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो