युरोप भ्रमणमा रहेका नरेन्द्र मोदीद्वारा डेनमार्ककी महारानीसँग भेटवार्ता « Khabarhub

युरोप भ्रमणमा रहेका नरेन्द्र मोदीद्वारा डेनमार्ककी महारानीसँग भेटवार्ता


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी महारानी मार्गरेट द्वितीयसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले डेनमार्कको राजधानी कोपनहेगनमा महारानीसँग भेटवार्ता गरेका हुन् ।

राजदरबारमा महारानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गरेको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी महारानी मार्गरेटले आयोजना गरेको रात्रिभोजमा समेत सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरूसँग पनि भेटवार्ता गरेको भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमार्ककी महारानी मार्गरेट द्वितीय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।

एक दिने डेनमार्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गरेका छन् । उनले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ सम्भावनाहरूका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका छन् । सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गरेका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुगेका हुन् ।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री मोदीले सोमबार जर्मनीका चान्सलर ओलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेका थिए । उनीहरुबीच रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको बताइएको छ ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीेले यस पटक युरोप भ्रमणका क्रममा युक्रेनमाथी रुसको हमलाका बारेमा पनि धेरै नेताहरुसँग छलफल गरेका छन् ।

जर्मनीबाट युरोप प्रवेश गरेका प्रधानमन्त्री मोदीले डेनमार्कको भ्रमण गरेका हुन् । उनले फ्रान्सको पनि भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ४८ बजे

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने