युरोपले क्रमिक रुपमा रुसी तेलमाथि प्रतिबन्ध लगाउने « Khabarhub

युरोपले क्रमिक रुपमा रुसी तेलमाथि प्रतिबन्ध लगाउने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपले क्रमिक रुपमा रुसी तेलको प्रयोगमाथि प्रतिबन्ध लगाउने योजना अघि सारेको छ । फ्रान्सको स्ट्रासबोर्ग शहरमा युरोपेली संसद्लाई सम्बोधन गर्दै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युरोपबाट रुसी तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् ।

‘आज हामी युरोपबाट सबै रुसी तेलमा प्रतिबन्ध लगाउने प्रस्ताव गर्दैछौँ ।’ भोन डेर लाइनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ, ‘यो रुसबाट पूर्ण आयात प्रतिबन्ध हुनेछ ।’

युरोपेली आयोगको प्रस्तावमा ६ महिनाभित्र रुसबाट कच्चा तेलको आपूर्तिलाई पूर्ण रुपमा कटौती गर्ने र सन् २०२२ को अन्त्यसम्म प्रशोधित तेलको आयातलाई पनि कटौती गर्ने उल्लेख छ ।

यसबाहेक भोन डेल लाइनले यसबाट युरोपेली अर्थतन्त्रमा पर्ने प्रभावलाई सकेसम्म कम गर्ने बाचा पनि गरेको रोयटर्सले जनाएको छ ।

‘हामी रुसी तेलमा हाम्रो निर्भरतालाई सम्बोधन गर्दैछौँ । र, हामी स्पष्ट हुनुपर्छ, यो सहज कार्य होइन किनभने केही सदस्यहरू रुसी तेलमा मजबुत रुपमा आश्रित छन्, तर हामीले यसो गर्नैपर्छ ।’ उनले भनिन् ।

‘उनको क्रुर आक्रमणका लागि (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले मूल्य चुकाउनै पर्छ, ठूलो मूल्य ।’ भोन डेर लाइनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युरोपेली युनियनका सरकारहरुले योजनामा सहमति जनाएको खण्डमा यो अत्यन्त महत्वपूर्ण हुने रोयटर्सको टिप्पणी छ ।

यसबाहेक युरोपले रुसी टेलिभिजनलाई प्रतिबन्ध लगाउने र रुसको महत्वपूर्ण बैंकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली स्विफ्टबाट हटाउने प्रस्ताव गरेको जनाइएको छ ।

रुसको सबैभन्दा ठूलो ऋणदाता बैंक स्बेरबैंक र तीन बैंकलाई पनि स्विफ्टबाट हटाउने प्रस्ताव गरिएको हो । यसअघि पनि धेरै रुसी बैंकहरु स्विफ्ट प्रणालीबाट प्रतिबन्धमा परिसकेका छन् ।

‘हामी रुसको सबैभन्दा ठूलो स्बेरबैंक र दुई प्रमुख बैंकलाई स्विफ्टबाट हटाउँछौँ । यसबाट हामीले रुसी वित्तीय प्रणालीका लागि संरचनागत रुपमा संवेदनशील बैंक र युद्ध लड्ने पुटिनको क्षमतालाई लक्षित गरेका छौँ ।’ भोन डेर लाइनले भनिन् ।

यो प्रस्ताव २७ युरोपेली मुलुकका सरकारले पारित गर्नुपर्ने प्रावधान छ । यद्यपि स्लोभाकिया र हंगेरीजस्ता मुलुक रुसी उर्जामा निर्भर रहेकाले यसका लागि अपेक्षाभन्दा धेरै समय लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  २ : ४२ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने