‘षट्कोण’को शिर्ष गीत सार्वजनिक « Khabarhub

‘षट्कोण’को शिर्ष गीत सार्वजनिक


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘षट्कोण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । 

फिल्म रिलिजकै साता निर्माण टिमले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् ।बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज विशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेन्ज विशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता कार्मलाई एक मर्डर मिस्ट्रीको अनुसन्धानको क्रममा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक मिलन डि काप्रि हुन् । ‘षट्कोण’ उनको डेब्यु निर्देशकीय फिल्म हो ।

‘हामीले गीत राख्नै पर्ने बाध्यतामा गीत राखेको छैन । हामीले कथा अनुसार गीतलाई प्रस्तुत गरेका हौँ’ निर्देशक मिलनले भने । आफूले रेगुलर भन्दा फरक काम गर्ने कोसिसका साथ फिल्म निर्देशन गरेको समेत उनले बताए । ‘अन्यले खासै ध्यान नदिएको जनरा भएकोले यसमा आट गरेको हुँ । विशेषत यसको बजारलाई ख्याल नगरी स्क्रिप्टले मन छोएकोले बनाएको हुँ’ निर्देशक मिलनले भने । 

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी बैशाख २३ गते रिलिज हुनेछ । फिल्ममा कार्मसँगै भोलाराज सापकोटाका , लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । 

फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ३२ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि