नवनियुक्त भारतीय सेनाध्यक्ष पांडेलाई प्रधानसेनापति शर्माद्वारा बधाई « Khabarhub

नवनियुक्त भारतीय सेनाध्यक्ष पांडेलाई प्रधानसेनापति शर्माद्वारा बधाई


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना दिएका छन् ।

भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएकोमा बुधबार भिडियो कन्फरेन्समार्फत् शर्माले उनलाई बधाई दिनुका साथै सफल कार्यकालको लागि शुभकामना दिएका हुन् ।

प्रधानसेनापति शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग पांडेको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

‘उक्त अवसरमा भारतीयस्थल सेनाध्यक्ष जनरल पांडेलाई प्रधानसेनापति शर्माले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणालाई स्वीकार गरी आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको थियो,’ नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै