नवनियुक्त भारतीय सेनाध्यक्ष पांडेलाई प्रधानसेनापति शर्माद्वारा बधाई « Khabarhub

नवनियुक्त भारतीय सेनाध्यक्ष पांडेलाई प्रधानसेनापति शर्माद्वारा बधाई


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना दिएका छन् ।

भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएकोमा बुधबार भिडियो कन्फरेन्समार्फत् शर्माले उनलाई बधाई दिनुका साथै सफल कार्यकालको लागि शुभकामना दिएका हुन् ।

प्रधानसेनापति शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग पांडेको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

‘उक्त अवसरमा भारतीयस्थल सेनाध्यक्ष जनरल पांडेलाई प्रधानसेनापति शर्माले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणालाई स्वीकार गरी आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको थियो,’ नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : १० बजे

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले