अफगान भूमिबाट आतंककारीले गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिए « Khabarhub

अफगान भूमिबाट आतंककारीले गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिए


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतंककारीहरुले अफगानिस्तानको भूमिबाट गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लास्थित देवागर क्षेत्रमा तैनाथ तीन सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकायले दिएको जानकारी अनुसार अफगान भूमिबाट पाकिस्तानी सैनिकलाई लक्षित गरी आतंककारीहरुले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको एआरवाई न्युज समाचार च्यानलका अनुसार पाकिस्तानी सेनाले आक्रमणपछि आतंककारीविरुद्ध कारवाही चलाएको थियो । पाकिस्तानी सेनाको कारवाहीका क्रममा आतंककारीतर्फ पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

मारिनेमा ३० वर्षे हवल्दार तैमुर, ३८ वर्षे नाइक शोएब र २४ वर्षे सिपाइ शकिब नवाज रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यता पाकिस्तानी सेनाले आफ्नो मुलुक र सुरक्षाकर्मी विरुद्ध आक्रमणका लागि अफगान भूमिको प्रयोग हुने निन्दनीय रहेको भन्दै अफगान सरकारले यस्तो गर्न दिन नहुने जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ३३ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन