आर्यन र प्रदीप एकसाथ ? « Khabarhub

आर्यन र प्रदीप एकसाथ ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक दिनेश राउतका मनपर्ने नायक हुन् आर्यन सिग्देल ।

 फिल्ममा आउनु भन्दा अगाडि नै मित्रता भएकाले पनि यी दुईको सम्बन्ध खास छ । ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्ममा यी दुईले काम गरेका छन् । आर्यनसँग ‘सनराइज टकिला’ को समयमा कुराकानी नमिलेपछि यी दुईको सम्बन्धमा दरार समेत आयो । त्यसपछि दिनेशले केही हिरोसँग काम गरेका छन् । यद्यपि दिनेशको क्याम्पकै हिरोको रुपमा प्रदीप खड्का भित्रिए ।

प्रदीपसँग दिनेशको सहकार्य ‘प्रकाश’ मा पहिलोपटक भयो । त्यसपश्चात् दिनेशसँग प्रदीप निकट छन् । आर्यनको अभिनय क्षमता दर्शकमाझ देखाएका दिनेशले ‘प्रकाश’ को माध्यमबाट प्रदिपको अभिनय क्षमता पनि देखाउने तयारी गरेका छन् । दिनेशले पछिल्लो समय दिनेश र प्रदीपसँग फिल्मका विषयमा कुराकानी थालेपछि यी दुईलाई लिएर फिल्म बन्ने चर्चा बढेको छ । दिनेशले एक नयाँ फिल्मको तयारी गरेका छन् ।

यसमा प्रदीपसँगै आर्यनलाई पनि लिने सोच दिनेशको छ । यद्यपि उनी फिल्म घोषणा नहुँदासम्म फिल्मको विषयमा केही बोल्न चाहदैनन् । फिल्म  ‘प्रकाश’ रिलिज नभएसम्म दिनेश यो फिल्मको विषयलाई लिएर नबोलेता पनि भेटघाटका कारण फिल्म बारे चर्चा बढ्दो छ । 

यसका साथै दिनेशले गायक स्वरुप सुमनलाई लिएर पनि फिल्म बनाउने चर्चा फिल्मनगरीमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ४६ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी