सप्तरीमा आचारसंहिताविपरीत झुण्ड्याइएका तुल ब्यानर हटाइने « Khabarhub

सप्तरीमा आचारसंहिताविपरीत झुण्ड्याइएका तुल ब्यानर हटाइने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– उम्मेदवारहरूले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरूमा दलको झण्डा, निर्वाचन चिह्नअंकित तुल, बोर्डहरू तथा झुण्डयाएको ब्यानरहरू हटाइने भएको छ।

सप्तरीका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेपछि हटाइने भएको हो।

मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका निर्वाचन अधिकृतको बुधबार बसेको बैठकले आचारसंहिताविपरीत झुण्डयाइएका तुल, ब्यानरलाई हटाउन उम्मेदवारसँग आग्रह गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

उम्‍मेदवारले उक्त प्रचार सामग्री नहटाए अनुगमन अधिकृतको रोहवरमा नेपाल तथा सशस्त्र प्रहरीले ती सामग्री हटाउने बैठकले निर्णय गरेको छ ।

बैठकले अब सबै उम्मेदवार तथा नागरिक समाज, संघसंस्थाहरूलाई आचारसंहिताको उल्लंघन नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरीका अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीसहितको सहभागिता थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : ५७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका