सुख्खा पहिरोमा परी दुई बालकको मृत्यु, एक महिला घाइते « Khabarhub

सुख्खा पहिरोमा परी दुई बालकको मृत्यु, एक महिला घाइते


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिलागाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ ।

 पहिरोमा एक महिला घाइते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै  हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै रण बहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको उनीहरूको मृत्यु भएको हो ।

बोहराकी श्रीमती लक्ष्मी बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

मृतक दुवै बालबालिकालाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । लक्ष्मी बोहरा घरनिमार्णको काम गर्दै गर्दा मृतक दुई बालक खेल्ने गएको हुन सक्ने प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार दिउँसो साढे दुई बजे तिर सुख्खा पहिरो गएको हो ।  

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ४८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका