दुर्घटनाको अनुसन्धान गर्न समिति गठन « Khabarhub

दुर्घटनाको अनुसन्धान गर्न समिति गठन


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ । 

गृहमन्त्री बालकृष्ण खाणले भारतीय पर्यटक बोकेको मिनी बस र जिप ठोक्किँदा पाँच जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो । 

उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् । गृहमन्त्री खाणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरी छानबिन समिति बनाउन निर्देशन दिए ।

बुधबार मध्याह्न काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको UP-58-T-8181 नंको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नं को सुमो ठोक्किँदा दुई महिला, दुई पुरुष र एक बालक गरी पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : ५९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका