दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे « Khabarhub

दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् । 

दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए ।  

भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ । चट्याङ परेको वनक्षेत्र दुँहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ । चट्याङले एकैपटक यति ठूलो क्षति भएपछि बाख्रापालक किसान चिन्तित बनेका छन् । 

‘सबै काम थाती राखेर बाख्रामा लगानी गरियो । तर, आज यति ठूलो क्षति भयो । अब के गर्ने ? कहाँ जाने ? सम्झिँदा पनि मन भक्कानिन्छ ?,’ अर्का बाख्रापालक किसान जमन बडालले भने ।

घटनाको जानकारी दुँहु गाउँपालिका कृषि शाखा र गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीलाई गराएको र क्षतिको अध्ययन गरी बाख्रापालन व्यवसाय सञ्चालन गर्न सो अनुसारको क्षतिपूर्ति सहयोग रकम उपलब्ध गराइदिन अनुरोध गरिएको पीडित किसान कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : ३५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका