चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली « Khabarhub

चितवन पुगेका प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटेल सिराइचुली


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् ।  देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलबाट बा३च २०५० नम्बरको निजी गाडीमा चढेर देउवा होटेल सिराइचुली पुगेका छन् । निर्वाचन आचारसंहिता लाग्ने भएकाले उनी निजी गाडी चढेका हुन् ।

देउवाविरुद्ध आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ । बहालवाला प्रधानमन्त्री कुनै दलका उम्मेदवारको प्रचारप्रसारका लागि सरकारी सम्पत्तिको प्रयोग गरेर आउन लागेको भन्दै अधिवक्ता सुनिता अधिकारीले उजुरी हालेकी हुन् ।

पाँच दलीय गठबन्धनले बिहीबार केन्द्रीय बसपार्कमा चुनावी सभाको आयोजना गर्दै छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : २२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका