सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो : नारायणकाजी « Khabarhub

सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो : नारायणकाजी


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताए ।

आज सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताए । “पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन होइन”, उनले भने, “नेपालमा छ दशक लामो सङ्घर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँचदलीय गठबन्धन गरिएको हो ।” 

नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो । त्यस्तै चुनावीसभाका लागि आएका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरङ्कुशताको विकल्पमा गठबन्धन गरिएको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : ४१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका