उदयपुरमा हजुरआमाको हत्या आरोपमा नातिनी पक्राउ « Khabarhub

उदयपुरमा हजुरआमाको हत्या आरोपमा नातिनी पक्राउ


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् ।

त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला शंकास्पद रूपमा मृत भेटिएकी सुखनीदेवीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनीले हत्या गरेको पाइएको हो । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाणसहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिभि हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा विवाद उत्पन्न भएको थियो । विवाद हुँदा ममता चौधरीले सुखनीदेवीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थिचि हत्या गरी भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : २० बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान