छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस « Khabarhub

छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– कालापानी नजिकको सीमा क्षेत्रका गाउँहरू छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् ।

सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहन सिह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन् ।

नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका बासिन्दाहरु भारतीय प्रशासनसँग अनुमति लिन बाध्य छन् । भारतले त्यस क्षेत्र सम्म पुग्नका लागि सडक पुगाएको भए पनि नेपाली क्षेत्रमा भने मान्छे हिड्न सक्ने बाटोसमेत छैन । त्यस क्षेत्र पुग्ने बाटो निर्माणका लागि नेपाली सेना परिचालन गरेर व्यास गाउँपालिका वडा नं १ घाटिबगडमा ५ सय ५० मिटर चट्टानी क्षेत्रमा विस्फोट गरेर बाटो निर्माण गरिएको थियो । तर भारतीय सडक निर्माण र महाकाली नदीको बहावले नेपाल तर्फको बाटो ठाउँठाउँमा भत्किएको छ ।

हाल व्यास गाउँपालिका वडा नं १ छाङरु र तिंकरका बासिन्दा कुञ्चा सरिरहेका छन् । हिउँदमा छ महिना दार्चुला सदरमुकाम खलंगा र गर्मी मौसममा छ महिना गाउँमा बस्ने त्यस क्षेत्रका नागरिकहरू आफ्नो गाउँघर पुग्न भारतको भरमा छन् ।

भारती प्रशासनबाट अनुमति लिएका छाङरु र तिंकरका शौका समुदाय भारतीय बाटो भएर थाकथलो गइरहेका छन् । घरपालुवा जनावर चौरीगाई झुपु, बाख्रा र खाद्यान्न बोकेर स्थानीहरु कुञ्चा सरिरहेको व्यास गाउँपालिका वडा नं १ का निर्वतमान वडाध्यक्ष अशोक सिह बोहराले बताए । स्थानीय तह निर्वाचनका लागि २५ र २६ गतेभित्र सबै नागरिक गाउँ जाने तयारीमा रहेको बोहराले बताए।

स्थानीय मात्रै नभएर त्यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरू समेत भारतसँग अनुमति लिएर जाने गरेका छन् । गर्मी मौसम सुरु भएसँगै छाङरु र तिंकरका ४ सय १६ जनाले भारतीय प्रशासनसँग बहुयात्रा अनुमति पत्र लिनका लागि सीमा प्रशासन कार्यालय दार्चुलाबाट सिफारिस लिएका छन् । त्यसैगरी ७८ जना सशस्त्र प्रहरी, २ जना नेपाल प्रहरी, जिल्ला भित्रका २ सय ५७ र जिल्ला बाहिरका ४३ जनागरी ७ सय ९६ जनाले बहुयात्रा अनुमतिका लागि सिफारिस लिएको सीमा प्रशासन कार्यालय दार्चुलाका प्रमुख मोहन सिंह धामीले बताए ।

सीमा प्रशासन कार्यालयको सिफारिस लिएर भारतको धार्चुला प्रशासनमा पुग्नेहरूले ४/५ दिनमा यात्राका लागि अनुमति पाइरहेका छन् । पछिल्लो समय राष्ट्रिय जनगणना भइरहेका बेला छाङरु र तिंकर जाने गणकलाई भारतीय बाटो प्रयोगमा रोक लगाइएको थियो । यस पटक भने भारतीय प्रशासनले यात्राका लागि अनुमति दिइरहेको कार्यालय प्रमुख धामीले बताए ।

भारतको धार्चुला तहशिलबाट करिब ८० किलोमिटर माथी रहेको छियालेकबाट नोटिफाइड क्षेत्र सुरु हुन्छ । त्यस क्षेत्र भन्दा माथिल्लो क्षेत्रमा प्रवेश गर्ने जोसुकैले पनि भारतको धार्चुला तहशिलबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकहरु भने परिचय पत्रका आधारमा पनि प्रवेश पाउँछन् । नेपालको छाङरु गाउँ प्रवेश गर्ने सितापुल छियोकबाट करिब ४ किलोमिटर माथी छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : २९ बजे

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)