जरायोको आखेटोपहार सहित २ जना पक्राउ | Khabarhub Khabarhub

जरायोको आखेटोपहार सहित २ जना पक्राउ


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रहरीले जरायोको आखेटोपहार सहित २ जना पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं.२४ स्थितमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री हुन लागेको भनी गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने वर्ष २० को रितेश कुमार पाण्डे र जनकपुर उप महानगरपालिका–२४ बस्ने वर्ष २० को सोनु कुमार पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले बोकेको सिमेन्टको बोरा भित्रबाट जरायोको सिंह रातो खैरो रंगको तिन सिंगे थान १ र कालो रंगको दुई सिंगे थान १ गरी २ थान काटिएको जरायोको सिंह फेला परेको जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई फेला परेको जरायोको सिंह तथा घटनामा प्रयोग भएको ज.९प.२७३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : १७ बजे

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नौमती बाजा बजाउन सिक्दै महिला

इलाम– इलामको रोङ गाउँपालिकाले महिलालाई नौमती बाजा बजाउने तालिम सञ्चालन

एचिटिएस नेता सारा गिरफ्तारीको पुरस्कार रकम हटाइयो

दमासकस – बसार अल आसादको सत्ता समाप्तिपछि अमेरिकाले हायात ताहिर

ध्यानलाई आफ्नो दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति

कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल