बंगलादेशको आर्थिक विकास र समृद्धिबाट नेपालले के सिक्ने ? | Khabarhub Khabarhub

बंगलादेशको आर्थिक विकास र समृद्धिबाट नेपालले के सिक्ने ?



छिमेकी चीन र भारतबाहेक भौगोलिक रूपमा नेपालको सबैभन्दा नजिकको मुलुक हो बंगलादेश। नेपाल र बंगलादेशको भौगोलिक दूरी केवल २२ किलोमिटर छ। दक्षिण एसियाका यी दुई देशले हासिल गरिरहेको आर्थिक वृद्धिको अन्तर भने सिलिगुरी करिडोरको ‘चिकेन नेक’ भन्दा धेरै छ।

दुई दशकअघिसम्म पनि नेपाल र बंगलादेशको आर्थिक अवस्था करिब उस्तै थियो। अघिल्लो फेब्रुअरीको अन्तिम सातामा बंगलादेशका वित्तमन्त्री अबु हेना मोहम्मद मुस्तफा कमलले दाबी नै गरिदिए– हाम्रो अर्थतन्त्रले मलेसिया र सिंगापुरलाई सन् २०२४ सम्म जितिदिनेछ।

द बैंकर अखबारले सन् २०२० का लागि ‘फाइनान्स मिनिस्टर’ अफ द इयर घोषणा गरेका मुस्तफा कमलको भविष्यवाणी सत्य साबित होला नहोला तर अबको चार वर्षभित्रै सिंगापुर र मलेसियाको अर्थतन्त्रलाई जित्ने विश्वास चानचुने होइन।

दुई दशकअघिसम्म पनि नेपाल र बंगलादेशको आर्थिक अवस्था करिब उस्तै थियो। अघिल्लो फेब्रुअरीको अन्तिम सातामा बंगलादेशका वित्तमन्त्री अबु हेना मोहम्मद मुस्तफा कमलले दाबी नै गरिदिए– हाम्रो अर्थतन्त्रले मलेसिया र सिंगापुरलाई सन् २०२४ सम्म जितिदिनेछ।

सन् १९७१ को स्वतन्त्रता संग्रामपछि तहसनहस भएको बंगलादेश असफल राष्ट्र बन्ने बाटोमा थियो। चरम गरिबी उत्कर्षमा थियो। भ्रष्टाचार र अत्याधिक जनसंख्याले निम्त्याएको भारको चुनौती पनि बंगलादेशका लागि कम थिएन।

सन् ८० को दशकको अन्त्य र ९० को दशकको सुरुसम्म बंगलादेशका अधिकांश मानिस खेतीपाती र माछाबाटै जीवन गुजारा गर्थे। उत्पादनमूलक क्षेत्र भन्नु जुट प्रशोधन उद्योग मात्र थिए। त्यही बंगलादेशको अवस्था यतिबेला फेरिएको छ।

इकोनोमिस्ट अखबारले हरेक वर्ष प्रकाशित गर्ने विशेष परिशिष्टांकमा सन् २०२० मा एसियामा कुल गार्हस्थ उत्पादनका आधारमा तीव्र आर्थिक विकास गर्ने मुलुकको सूचीमा बंगलादेशलाई तेस्रो नम्बरमा राखेको छ।

उक्त अखबारका अनुसार यो वर्ष बंगलादेशले ७.७ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ। एसिया महादेशको सबैभन्दा ठूलो अर्थतन्त्र चीन शीर्ष १० मा नअटाएको यो सूचीमा भारत १० औं नम्बरमा छ।

सन् २००५ यता बंगलादेशको औसत आर्थिक वृद्धि ६ प्रतिशत प्रतिवर्षभन्दा धेरैको छ। सन् २०१५ मा विश्व बैंकले बंगलादेशलाई न्यून आय भएको मुलुकको सूचीबाट हटाएर न्यून–मध्यम आयको मुलुकमा समावेस गरेको थियो। अन्तर्राष्ट्रिय मुद्राकोषको आर्थिक अपडेट विश्लेषण गर्दै अमेरिकी समाचार संस्था ब्लूमवर्गले सन् २०१९ मा विश्वको ८६ प्रतिशत आर्थिक वृद्धि बंगलादेशसहित विश्वका केवल २० मुलुकमा भएको उल्लेख गरेको थियो।

सन् २००५ यता बंगलादेशको औसत आर्थिक वृद्धि ६ प्रतिशत प्रतिवर्षभन्दा धेरैको छ। सन् २०१५ मा विश्व बैंकले बंगलादेशलाई न्यून आय भएको मुलुकको सूचीबाट हटाएर न्यून–मध्यम आयको मुलुकमा समावेस गरेको थियो।

एचएसइबी बैंकले यही दरअनुसार आर्थिक वृद्धि हासिल गरे सन् २०३० सम्म बंगलादेश विश्वको २६औं ठूलो अर्थतन्त्र हुने दाबी गरेको छ। सन् २००० मा बंगलादेशको करिब आधा जनसंख्या गरिबीमा थियो। एसियाली विकास बैंकको तथ्यांकअनुसार सन् २०१६ सम्म बंगलादेशले गरिबी आधा घटाएर २५ प्रतिशतको हाराहारी पु¥यायो।

सन् २००० मा बंगलादेशमा औसत आयु ६५ वर्ष थियो। विश्व बैंकका अनुसार सन् २०१६ मा औसत आयु ७२ वर्ष पुग्यो। औसत आयु भारतमा ६८ वर्ष र पाकिस्तानमा ६६ वर्ष मात्र छ। सन् २००० मा बंगलादेशको कुल गार्हस्थ उत्पादन ५३ अर्ब अमेरिकी डलर हाराहारीमा थियो।

विश्व बैंकका अनुसार सन् २०१८ मा बंगलादेशको कुल गार्हस्थ उत्पादन ह्वात्तै बढेर २ खर्ब ७४ अर्ब अमेरिकी डलर पुगेको छ। अर्कोतर्फ, सन् २०१७ मै पाकिस्तानको कुल गार्हस्थ उत्पादन केवल ३ खर्ब १४ अर्ब डलर छ। यसअनुसार चाँडै बंगलादेशले पाकिस्तानलाई कुल गार्हस्थ उत्पादनमा पछि पार्नेछ। सन् २००९ यतामात्र बंगलादेशको अर्थतन्त्र १८८ प्रतिशतले बढेको छ।

स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि बंगलादेशको उपलब्धि लोभलाग्दो छ। सन् २०१८ मा बंगलादेशको साक्षरता दर ७२.९ प्रतिशत पुग्यो जब कि सन् २००७ मा केवल ४६.६६ प्रतिशत थियो। हरेक वर्ष सयौँ नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न बंगलादेश जाने गरेका छन्। यसबाट बंगलादेशले उच्च शिक्षा क्षेत्रमा प्राप्त गरेको उपलब्धि अनुमान गर्न सकिन्छ।

स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि बंगलादेशको उपलब्धि लोभलाग्दो छ। सन् २०१८ मा बंगलादेशको साक्षरता दर ७२.९ प्रतिशत पुग्यो जब कि सन् २००७ मा केवल ४६.६६ प्रतिशत थियो।

निकै लामो समयदेखि बंगलादेशले जुट उत्पादनमा ख्याति कमाएको थियो। बंगलादेशको परम्परागत निर्यातवस्तु कच्चा जुट र जुटका सामान नै थिए। सन् १९८० को दशकतिर बंगलादेशले जुट उद्योगमा विविधता ल्याउने कार्यक्रम सुरु गर्यो। जुट उद्योगमा आश्रित बंगलादेशको निर्यात तयारी कपडाको उत्पादन एवं निर्यातमा केन्द्रित हुन थाल्यो।

ठूलो आकारको जनसंख्यामा सस्तो ज्यालामा कामदार पाइने भएकाले विदेशी कम्पनीले पनि बंगलादेशमा लगानी बढाउन थाले। अहिले बंगलादेश विश्वको तयारी कपडा बजारमा निकै प्रभावशाली मुलुक बन्न पुगेको छ।

तयारी कपडा उद्योगले बंगलादेशको कुल निर्यातको ८१ प्रतिशत हिस्सा ओगट्छ। टेक्सटाइल र अपारेल क्षेत्रले त्यहाँको कुल गार्हस्थ उत्पादनमा २० प्रतिशतको योगदान गरेको छ। गार्मेन्ट उद्योगमा बंगलादेशका २ करोड भन्दा धेरै मानिस काम गर्छन्। चीनपछि बंगलादेश नै विश्व बजारमा सबैभन्दा धेरै कपडा निर्यात गर्ने मुलुक हो।

बंगलादेशका नकारात्मक पाटाहरू पनि उत्तिकै छन्। बंगलादेशमा चरम भ्रष्टाचार छ। ट्रान्स्परेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार सन् २०१९ मा बंगलादेश भ्रष्टाचार हुने २०० मुलुकमध्ये १६६औं स्थानमा थियो।

बंगलादेशका नकारात्मक पाटाहरू पनि उत्तिकै छन्। बंगलादेशमा चरम भ्रष्टाचार छ। ट्रान्स्परेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार सन् २०१९ मा बंगलादेश भ्रष्टाचार हुने २०० मुलुकमध्ये १६६औं स्थानमा थियो। त्यहाँ प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता पनि कमजोर रहेको बताइन्छ। क्षेत्रफलको आधारमा नेपाल जत्रै मुलुक बंगलादेशको जनसंख्या १६ करोड ५० लाख छ।

बंगलादेशलाई हरेक वर्ष बाढीपहिरो र आँधीजस्ता प्राकृतिक प्रकोपले पनि सताउने गरेको छ। यी सबका बाबजुद बंगलादेशले हासिल गरेको आर्थिक उन्नति निकै लोभलाग्दो छ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : ४० बजे

नियमित त्रिफला खाँदा पुग्छ यस्तो फाइदै फाइदा

काठमाडौं– स्वस्थ र दीर्घायु जीवनका लागि अमृत समान औषधि हो

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

भक्तपुर–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र

पार्टीले गरिरहेको आन्दोलनबारे समीक्षा भइरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको

‘आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ’ 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र

रुपन्देहीमा तीन दिनको बयानपछि रविलाई कास्की फर्काउने तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार