महिनावारीमा हुने पेटको दुखाई कसरी रोक्ने ? « Khabarhub

महिनावारीमा हुने पेटको दुखाई कसरी रोक्ने ?



सुरुमा महिनावारी हुने अवस्था लाई हामी मेनआरपी भनिन्छ । अहिले ९ देखि १४ वर्षको उमेरमा नै महिनावारी सुरु हुने गर्छ । महिनावारी भएपछि कति मात्रामा ब्लिडिङ हुन्छ । अरु केही समस्या छ कि छैन । त्यो सबै थाहा हुनु पर्छ । पहिले पेट दुख्ने र ब्लिडिङ भएपछि कम हुने गर्छ । यसलाई हामी नर्मल मान्छौ ।

यसलाई प्राइमरी डिस्मनेरिया पनि भन्छ । यसै पक्रिया अनुसार पेट दुख्ने हो, महिनावारी पनि यसै प्रक्रिया अनुसार हुन्छ । कसैलाई पहिलो दिनमा पेट दुख्दैन, तर दुई तीन दिन वा जहिलेसम्म महिनावारी हुन्छ, त्यतिबेला दुख्ने गर्छ । पाठेघरको छेउछाउ वा पाठेघर भित्र केही समस्या भएको अवस्थामा यस्तो हुने गर्छ । यस्तो बेला हामीले चिकित्सकको सल्लाह लिनु पर्ने हुन्छ ।

पेट दुख्ने कारण
महिनावरीको पहिलो दिन दुख्ने दुखाई सबैमा एउटै हुन्छ । पेट दुख्ने कारण त हर्मोनकै गडबढीले गर्दा हो । दोस्रो र तेस्रो दिनको दुखाईमा केही समस्या नभएपनि कसैलाई धेरै ब्लिडिङ हुने, कसैलाई कम हुने, कसैलाई रगतको क्लट (चोक्टा) आउने हुन्छ । रगतको क्लट आउँदा पाठेघर खुम्चिएर दुख्ने हुन्छ । यसलाई प्राकृतिक नै मान्नु पर्छ ।

तर कसैले सहनुहुन्छ भने कसैले सहन नसकेर अस्पताल गएर इन्जेक्सन समेत लगाउनु पर्ने हुन्छ । कसैलाई रेगुलर महिनावारी भएको छ । तर धेरै रगत गएको छैन भने नर्मल र राम्रो मानिन्छ । उहाँहरूको हकमा दुखाई कम भएको पनि देखिन्छ ।

जसको समयमा महिनावारी हुँदैन भयो भने धेरै रगत जान्छ । उहाँहरूको हकमा पेट दुख्ने समस्या अलि बढी देखिन्छ । पाठेघरमा मासु पलाएको, रगत र पानीको फोका जम्मा भएको अवस्थामा यो समस्याले दुःख दिन्छ । यदि धेरै दुखेको छ । आफ्नो काममा असर गरेको छ भने हस्पिटल गएर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नु राम्रो हुन्छ । आफैले किनेर कुनै पनि औषधी भने खानु हुँदैन।

सहनै नसक्ने दुखाई
कसैलाई सहनै नसक्ने दुखाई छ भने पाठेघर ठुलो भएर हुन सक्छ । यसलाई हामी एडिनोमायासिस भनिन्छ । पाठेघरभित्र मसलमा ग्लान्डहरु छिरेर सिभिएर खालको दुखाई हुन सक्छ । ब्लिडिङ हुने प्रोसेसमा झर्नुपर्ने ठाँउमै मासुहरु पलाएको रहेछ भने समिकोजल मम्यामा, इन्ड्रोमिजल पोलिस भन्ने गर्छौ ।

यस्तो समयमा पनि सिभिएर दुखाई हुन सक्छ । कसैलाई ओभरीमा डार्क ब्लड जम्मा भएको छ भने त्यसलाई हामी इन्ड्रोमेट्रिओमा भन्छौ । अहिलेको समयमा यो धेरै सामान्य पनि भएको छ । पेट दुखाइलाई सामान्य रुपमा नलिएर चिकित्सकको परामर्श लिनु पर्छ ।

घरमै खान सकिने औषधी
एक पटकको महिनावारीको दुखाई सामान्य हो भन्ने लाग्छ भने आफैले किनेर खाने मेफामेनिक एसिड – मेफट्ल खान सकिन्छ । एक दिनमा आठ घण्टाको फरकमा तीन वटासम्म खान सकिन्छ । सकेसम्म कम डोज खानु पर्छ ।

जुन दिन बढी दुख्छ, त्यति बेला मात्र खानु पर्छ । तीन वटा नै खानु पर्छ भन्ने छैन । औषधी सेवन गर्दा झोल बढी भएको खाने कुरा धेरै खानु पर्छ । जसले गर्दा मिर्गौलामा असर गर्न पाउँदैन ।

दुखाई कम गर्न के गर्ने ?
हामीले व्यायामसँगै खानपानमा समेत ध्यान दिनु पर्छ । तौल धेरै छ भने हर्मोनमा गडबडी हुन सक्छ । आफ्नो तौल नियन्त्रण गर्नु पर्छ ।
बाहिरको खानेकुरा, जकं फुड धेरै नखाने, फलफूल, तरकारी, प्रोटिनयुक्त खाना धेरै खाने गर्नाले पनि समस्या कम हुन्छ । पेट दुखेको अवस्थामा आराम गर्नु महत्त्वपूर्ण हुन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ९ : २० बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये