स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया « Khabarhub

स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि रसुवाका स्थानीयवासी उत्साहित भएका छन् । कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगङ्गा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं  रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा  मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएपश्चात् स्थानीयस्तरमा उत्साह बढेको हो ।

निःशुल्क स्वास्थ्य शिविरमार्फत आँखामा मोतियाबिन्दु भएका ५८ स्थानीय बासिन्दालाई सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताएका छन् । साथै थप एक जनालाई आँखामा मासु पलाएको समस्यासमेत शल्यक्रियाबाट समस्या समाधान गरिएको थियो । शल्यक्रिया सम्पन्न गराउन कालिका गाउँपालिका–२ तथा कालिका युवा क्लबसमेतका संस्थाले सहयोग गरेका थिए । आँखाको शल्यक्रिया गर्न लाखौँ बोकेर काठमाडौँ जानुपर्ने समस्या हल गर्दै स्थानीयस्तरमा भएको निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापनमार्फत आँखाको शल्यक्रिया गर्ने सुविधा पाउँदा सेवाग्राही हर्षित भएको शल्यक्रिया गराएका स्थानीय कालिका गाउँपालिका–२ निवासी कुलप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार आँखाको उपचार राम्रो भएको छ । शल्यक्रियाको सुविधा रसुवाका पाँच गाउँपालिकाका बासिन्दाले पाएको जनाइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १ : ४३ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले