प्रधानमन्त्री देउवाले गरे ‘सर्वजीत’ को शुभ मुहुर्त « Khabarhub

प्रधानमन्त्री देउवाले गरे ‘सर्वजीत’ को शुभ मुहुर्त


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली फिल्म ‘सर्वजीत’ को शनिबार बालुवाटामा शुभ मुहुर्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आयोजित फिल्मको शुभ मुहूर्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री प्रेम आले , चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायत उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शुभकामना दिए । “यस किसिमको फिल्म बन्नु पर्छ । टिमलाई शुभकामना छ” उनले भने । पर्‍यटनमन्त्री आलेले फिल्म ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको फिल्मलाई दिनेश डीसीले निर्देशन गर्नेछन् । फिल्म दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । निर्देशक डिसी केही समयको विश्राम पश्चात निर्देशनमा फर्किने भएका छन् ।

‘पहिला यो डकुमेन्ट्री बनाउने भनेर म कहाँ आइपुगेको हो । मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई फिल्ममै ल्याउनु पर्छ भनेर जुटेका हौँ’ निर्देशक डिसीले भने । भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि निर्माण हुने फिल्मलाई डिसीले निर्देशन गर्न लागेका हुन् ।

विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलनको सुरुवात गरेका थिए । बागलुङ नगरपालिका ७ मा पर्ने साविकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका सर्वजित सानैदेखि विद्रोही स्वभावका थिए ।

त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए । आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजित भन्न थालिएको हो । उनले हिन्दु धर्मको गहिरो अध्ययन गरेका थिए । दलित आन्दोलन चर्किँदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए । सन् २०१२ सालमा भारतमै उनको निधन भयो ।

डिसीको निर्देशन रहने बायोपिक फिल्म ‘सर्वजीत’ मा एन वि महर्जनको द्वन्द्व निर्देशन, मोहन निरौलाको संवाद , सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा र एलिश कार्कीको पार्श्व संगीत रहनेछ । बाग्लुङ्ग , पाल्पा , पोखरा , काठमान्डौ र बनारसमा छायांकन हुने ऐतिहासिक नेपाली फिल्मको सेड्युल भदौ अन्तिमदेखि सुरु हुने छ ।

१ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने फिल्मको तयारी केही समय अगाडिबाट चलेको थियो । पछिल्लो फिल्म ‘फुलै फुलको मौसम तिमीलाई’ पश्चात डिसी फिल्म निर्देशन भन्दा पनि अभिनय, शो, रेडियो, टेलिभिजन लगायतमा व्यस्त थिए ।

 

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ४ : ३७ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६