प्रधानमन्त्री देउवाले गरे 'सर्वजीत' को शुभ मुहुर्त | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले गरे ‘सर्वजीत’ को शुभ मुहुर्त


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली फिल्म ‘सर्वजीत’ को शनिबार बालुवाटामा शुभ मुहुर्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आयोजित फिल्मको शुभ मुहूर्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री प्रेम आले , चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायत उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शुभकामना दिए । “यस किसिमको फिल्म बन्नु पर्छ । टिमलाई शुभकामना छ” उनले भने । पर्‍यटनमन्त्री आलेले फिल्म ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको फिल्मलाई दिनेश डीसीले निर्देशन गर्नेछन् । फिल्म दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुनेछ । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । निर्देशक डिसी केही समयको विश्राम पश्चात निर्देशनमा फर्किने भएका छन् ।

‘पहिला यो डकुमेन्ट्री बनाउने भनेर म कहाँ आइपुगेको हो । मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई फिल्ममै ल्याउनु पर्छ भनेर जुटेका हौँ’ निर्देशक डिसीले भने । भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि निर्माण हुने फिल्मलाई डिसीले निर्देशन गर्न लागेका हुन् ।

विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलनको सुरुवात गरेका थिए । बागलुङ नगरपालिका ७ मा पर्ने साविकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका सर्वजित सानैदेखि विद्रोही स्वभावका थिए ।

त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए । आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजित भन्न थालिएको हो । उनले हिन्दु धर्मको गहिरो अध्ययन गरेका थिए । दलित आन्दोलन चर्किँदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए । सन् २०१२ सालमा भारतमै उनको निधन भयो ।

डिसीको निर्देशन रहने बायोपिक फिल्म ‘सर्वजीत’ मा एन वि महर्जनको द्वन्द्व निर्देशन, मोहन निरौलाको संवाद , सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा र एलिश कार्कीको पार्श्व संगीत रहनेछ । बाग्लुङ्ग , पाल्पा , पोखरा , काठमान्डौ र बनारसमा छायांकन हुने ऐतिहासिक नेपाली फिल्मको सेड्युल भदौ अन्तिमदेखि सुरु हुने छ ।

१ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने फिल्मको तयारी केही समय अगाडिबाट चलेको थियो । पछिल्लो फिल्म ‘फुलै फुलको मौसम तिमीलाई’ पश्चात डिसी फिल्म निर्देशन भन्दा पनि अभिनय, शो, रेडियो, टेलिभिजन लगायतमा व्यस्त थिए ।

 

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ४ : ३७ बजे

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी