पाकिस्तानको रक्षा बजेटमा भारी वृद्धि « Khabarhub

पाकिस्तानको रक्षा बजेटमा भारी वृद्धि


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान सरकारले देशको सशस्त्र बलहरूको महत्त्वपूर्ण आवश्यकता पूरा गर्नको लागि भन्दै यस आर्थिक वर्षको रक्षा बजेटमा लगभग ६ प्रतिशतले वृद्धि गरेको छ। यो सँगै यहाँको सैन्य बजेट १ दशमलब ४५ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको छ ।

पाकिस्तानको आर्थिक समन्वय समितिका अनुसार सो बजेट बढ्दो पारिश्रमिक र अन्य प्रमुख आवश्यकताहरू पूरा गर्नका निम्ति भएको एक्सप्रेस ट्रिब्युन अखबारले उल्लेख गरेको छ ।

ट्रिब्युनको रिपोर्ट अनुसार पाकिस्तानको रक्षा मन्त्रालयले ‘महत्त्वपूर्ण कमी’ को लागि अतिरिक्त ८० बिलियन पाकिस्तानी रुपैयाँ रक्षा बजेट माग गरेको थियो । यसबाहेक, जिन्ना नौसेना बेस, नौसेना बेस तुर्बत र मुख्यालयमा बहु(कार्यकारी कार्यालय भवनमा खर्च गर्न थप गरिएको पनि जनाइएको छ ।

अर्थमन्त्री मिफ्ताह इस्माइलले इसिसि बैठकको अध्यक्षता गर्दै जसले पाकिस्तानी सशस्त्र सेनाका लागि सो पूरक बजेट अनुमोदन गरेको हो ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन् २०२१ मा विश्व सैन्य खर्च २ दशमलब १ ट्रिलियन अमेरिकी डलरको उच्चतामा पुगेको छ । अधिक सैन्य खर्च गर्ने प्रमुख तीन देशहरूमा संयुक्त राज्य अमेरिका, चीन र भारत रहेका छन् ।

कुल विश्वव्यापी सैन्य खर्च सन् २०२१ मा शून्य दशमलब ७ प्रतिशतले बढेर २,११३ बिलियन अमेरिकी डलर पुगेको छ । सन् २०२१ मा रक्षा बजेटमा सबैभन्दा बढी खर्च गर्ने देशहरूमा अमेरिका, चीन, भारत, बेलायत र रुस थिए । जुन कुल खर्चको ६२ प्रतिशत हो ।

कोभिड १९ महामारीको आर्थिक नतिजाको बीचमा पनि विश्व सैन्य खर्च बढ्दो रहेको सैन्य खर्च तथा हतियार उत्पादन कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता डा डिएगो लोपेज दा सिल्भाले बताएका छन् । ‘मुद्रास्फीतिका कारण वास्तविक अवधिको वृद्धि दरमा मन्दी आएको थियो तर सैन्य खर्च ६ दशमलब १ प्रतिशतले बढेको पाइएको छ ।’

कोभिड १९ महामारीको परिणामस्वरुप, रक्षा खर्च विश्वव्यापी कूल ग्राहस्थ उत्पादनको २ दशमलब २ प्रतिशत थियो जबकि सन् २०२० मा यो संख्या २ दशमलब ३ प्रतिशतमा पुगेको थियो ।

स्टकहोमस्थित इन्स्टिच्युटका अनुसार भारतको सैन्य खर्च ७६ दशमलब ६ बिलियन अमेरिकी डलर विश्वमा तेस्रो उच्च हो । यो २०२० को तुलनामा शून्य दशमलब ९ प्रतिशत र २०१२ को तुलनामा ३३ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : २९ बजे

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई