तियानमेन स्क्वायर दमनको सम्झनामा टोकियाको चिनियाँ दूतावास अगाडि प्रदर्शन « Khabarhub

तियानमेन स्क्वायर दमनको सम्झनामा टोकियाको चिनियाँ दूतावास अगाडि प्रदर्शन


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेत्तीस वर्षअघि तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झना तथा चिनियाँ शासकहरूको अमानवीय कार्यको विरोधमा जापानको राजधानी टोकियोस्थित चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन भएको छ ।

विगतका दशकमा चिनियाँ कम्युनिष्ट पार्टीबाट भएका दुष्कर्महरू पुनः उजागर गर्न आज जापानी नागरिक एकत्रित भएर प्रदर्शन गरेका हुन् । जापानका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् ।

तिब्बती, उइगुर, मङ्गोलियाली र अन्य धेरै सङ्ख्यामा हङकङमा चिनियाँ कम्युनिष्ट पार्टीबाट भएका अप्राजातान्त्रिक गतिविधिको विरोध गर्न ठूलो सङख्यामा जापानी उपस्थित भएका थिए ।

तियानमेन स्क्वायरमा भएको नरसंहारलाई कहिल्यै नबिर्सन सबैलाई आह्वान गर्दै सहभागीहरूले विभिन्न मानवअधिकार र चीनद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनः सिनजियाङमा नरसंहार, भित्री मङ्गोलियामा मातृभाषाको दमन, तिब्बतमा सांस्कृतिक नरसंहार र हङकङमा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी आधारभूत अधिकारको हनन्को उनीहरूले विरोध गरेका हुन् ।

चिनियाँ सरकारले लामो समयदेखि तियानमेन नरसंहारका पीडितलाई न्याय दिने आन्तरिक र अन्तर्राष्ट्रिय आह्वानलाई बेवास्ता गरेको छ भने युरोपेली सङ्घ र अमेरिकाले प्रतिक्रिया स्वरूप लगाएका प्रतिबन्धलाई पनि गर्दै आएको छ ।

पछिल्ला दिनहरूमा चीनमा मानवअधिकार उल्लङ्घनका घटना बढेका ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले जनाएको छ । हङकङमा राष्ट्रिय सुरक्षा कानून लगाएर मौलिक स्वतन्त्रता दमन गरिएको तथा सिनजियाङमा झण्डै १० लाख टर्किक मुस्लिमलाई सामूहिक नजरबन्दमा राखिएको एचआरडब्ल्यूले बताएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : ५७ बजे

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

काठमाडौं– सर नमस्कार म बोलेको (नाम मर्यादाका लागि गोप्य) ।

जनकपुर बोल्ट्सले बिहीबार आमा नामको जर्सी लगाउने (तस्बिरहरू)

जनकपुर– एनपीएल दोस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेलमा आमालाई

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु

जेरुसेलम– इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा

बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहमा भइरहेको सरकारी सवारी

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ

काठमाडौं– नेपाली फिल्म ‘परान’ले अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सफलता हासिल