प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँ : कमल थापा  « Khabarhub

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँ : कमल थापा 


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राप्रपा नेपालका अध्यक्ष कमल थापा शनिबार विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् ।  प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।

विभिन्न क्षेत्र, वर्ग, समुदायका व्यक्तिसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल र पार्टीको भावी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए । पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै थापाले धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासनलगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत रहेको उनले बताए ।

मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् संकटग्रस्त हुनेतर्फ थापाले चिन्ता प्रकट गरेका थिए । उनले समस्याको निकास दिन र मुलुकलाई असफलताबाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्नेमा जोड दिए ।  यसैगरी प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलाको पनि अध्यक्ष थापाले आज विराटनगरमा उद्घाटन गरेका छन् 

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ३८ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक