साउदी अरबद्वारा कोरोना महामारीपछि हज तीर्थयात्रीको पहिलो समूहलाई स्वागत « Khabarhub

साउदी अरबद्वारा कोरोना महामारीपछि हज तीर्थयात्रीको पहिलो समूहलाई स्वागत


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबले कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ ।

अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएका थिए ।

इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको र आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ ।

देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई भने, “आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ । आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहनेछन् ।”

“महामारीको कारण दुई वर्षे अवरोधपछिआज हामी राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी छौं ।” उनले भने ।

साउदी अरबले उनीहरूको व्यवस्थापनका लागि ‘पूर्ण तयारी’ गरिरहेको छ । इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एक पटक सम्भव हुने सबै मुसलमानहरूले हज जाने प्रचलन छ ।

सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसहरूले भाग लिएका थिए । सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि साउदी अधिकारीहरूले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीहरूलाई मात्र भाग लिन दिने घोषणा गरका थिए ।

सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दाहरू गरी कूल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

यो बर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो । हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : २७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित