काठमाडौँ- काठमाडौँ( भारतको उत्तर प्रदेश राज्यस्थित हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जना जनाको मृत्यु भएको छ ।
विस्फोटमा अरु १५ जना घाइते भएका छन् । घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।
विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएको तथा आठ जनाको मृत्यु भएको हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए ।
घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे । यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया